ज्योति मगरले”कपडाले लाज छोप्दैन” भनेपछि दर्शकहरुको हुटिङ(हेर्नुस् भिडियो)

ज्योति मगरले”कपडाले लाज छोप्दैन” भनेपछि दर्शकहरुको हुटिङ(हेर्नुस् भिडियो)
मनोरन्जन

थारु समुदायहरुको महान् चाड माघी (खिचरा)को अवसरमा आयोजित ‘पाँचौं खिचरा महोत्सव २०७४’ मा विभिन्न आकर्षणका केन्द्रहरु छन् । तर धेरैजसो सांगीति र साँस्कृतिक माहोलमा झुम्ने मानविय स्वभावले महोत्सवमा साँस्कृति कार्यक्रम आकर्षण केन्द्र बनेको छ ।

चर्चित गायिका तथा मोडेल ज्योती मगरको प्रस्तुती हुनेभएपछि बुधबार खिचरा महोत्सवमा दर्शकहरुको विहानैदेखि ओईरो लागेको थियो । कार्यक्रम संचालक करिश्मा थापा र राम रिमालले पटक–पटक नाम बोलाएपछि अपरान्ह करिव ४ बजे गायिका ज्योती मगर स्टेज चढेपछि महोत्सवमा तरंग छायो ।

करिव डेढ घण्टा स्टेजमा बिताएकी ज्योतीले ढाँडे बिरालो, जिम्बल बाउकी छोरी जस्ता आधा दर्जन गीत गाउँदै दर्शक झुमाईन् । छोटो पहिरनमा ज्योती स्टेज चढेपछि दर्शकहरुले लगातार हुटिङ गरेका थिए । ज्योतीले स्थानीय गायकसंग दोहोरी समेत गाईन् ।

[youtube https://www.youtube.com/watch?v=fHtLrNhyrzE]
ज्योती स्टेज चढ्नु अघि चर्चित लोक गायक रामजी खाँणले दर्शकलाई एकीकृत गरे । महोत्सवमा परिसरमा छरिएर रहेका दर्शक रामजी स्टेज चढ्ने वित्तिकै दर्शकहरु नजिकिएका थिए । उनले फुल फुलेरै पहेलै भयो, हल्का हल्का लगाएको दामी देखिन्छ, मायाले नबोली नबोली फसाउँछ..लगायत आधा दर्जन बढि गीत गाउँदै दर्शकलाई उफारे ।

यस्तै आज थारु नृत्यसंगै रत्ननगर कलामन्दिरको साँस्कृतिक प्रस्तुतीले दर्शक झुमेका थिए । महोत्सवमा आज छैटौं दिन सम्म आईपुग्दा ६० हजार बढि दर्शकले अवलोकन गरेको महोत्सव मुल समारोह समितिका संयोजक नारायणप्रसाद महतोले जानकारी दिए ।

महोत्सव अन्तरगत भोली (विहीबार) चर्चित गायक प्रमोद खरेल, सुरेश लामाको जोडदार प्रस्तुती रहनेछ भने रत्ननगर कला मन्दिरको साँस्कृतिक प्रस्तुतीसंगै थारु कल्चर नृत्य समेत प्रस्तुत गरिने साँस्कृतिक समितिका संयोजक जयश चौधरीले जानकारी दिए ।

महोत्सवमा २ सय बढि स्टलहरु रहेका छन् । महोत्सवमा आउने दर्शकहरुको टिकटमा ३५ हजार रुपैयाँ बराबरको बम्पर उपहार स्वरुप पलङ राखिएको छ भने प्रत्येक ५० रुपैयाँको टिकटमा २५ रुपैयाँ बराबरको एक थान पल्पी जुस उपहारको व्यवस्था गरिएको प्रचार–प्रसार समितिका संयोजक कारी महतोले जानकारी दिनुभयो ।

Post Comment