बलिउड ३२औं जन्ददिन मनाइरहेकी अभिनेत्री श्रुति हासनले विहेभन्दा पहिला बच्चा जन्माउनु गलत नभएको धारणा सार्बजनीक गरेकी छन्।
चर्चित कलाकार कमल हासन र सारिकाकी छोरी श्रुतिले हालै एक अन्तर्वार्तामा आफूले विहेअघि नै बच्चा जन्माउने संकेत गरेकी हुन।
उनले भनिन्–‘मैले अहिले विहेको बारेमा सोचेको छैन्। तर जुन दिन मलाई बुझ्ने जीवनसाथी पाउनेछु तब विहेभन्दा पहिला बच्चा जन्माउन मलाई कुनै संकोच हुनेछैन्,’ ‘मिडिया र समाजले मेरो बारेमा के भन्छ मलाई कुनै फरक पर्दैन्।’
श्रुति दक्षिण भारतीय चलचित्र क्षेत्रकी अभिनेत्री हुन् । उनले हिन्दी चलचित्र लकबाट आफ्नो फिल्मी जीवनको सुरुवात गरेकी थिइन्। पछि उनी दक्षिण भारतीय चलचित्रहरूबाट अझ बढी लोकप्रिय बन्न सफल भएकी श्रुति हाल ब्रिटिस कलाकार माइकल कसलेसँग डेटमा छिन्। आफ्ना पिताका फिल्ममा ६ वर्षकै उमेरदेखि गीत गाएकी उनी गायिकाका रुपमा समेत चिनिन्छिन्।