माघ २३ गते “कान्छी म्युजिकल नाइट २०१८”

माघ २३ गते “कान्छी म्युजिकल नाइट २०१८”
मनोरन्जन

स्वर्गिय अभिनेता श्रीकृष्ण श्रेष्ठको स्मृतिमा स्थापित श्वेता श्री फाउण्डेशनले सिन्धुपाल्चोक जिल्लाको भ्याडीटोलमा निर्माणाधीन माझी बस्ती निर्माणमा सहयोग जुटाउन यही माघ २३ गते कान्छी म्युजिकल नाइट २०१८ तथा रेड कार्पेट को आयोजना गर्ने भएको छ ।

दरबारमार्गस्थित होटल अन्नपूर्णमा आयोजना हुने उक्त साँझमा फिल्म कान्छी टिम सहित नेपाली फिल्म र साँगीतिक क्षेत्रका दर्जनौं व्यक्तिहरुको सहभागीता रहने फाउण्डेशनकी अध्यक्ष तथा नायिका श्वेता खड्काले बताइन् ।

हामीले फिल्म र साँगीतिक क्षेत्रका सबै व्यत्तिलाई निमन्त्रण दिएका हौं, श्वेताले भनिन्, आशा छ हाम्रो निमन्त्रणा लाई स्विकार गरेर सबैजना उपस्थित भइ कार्यक्रमको शोभा बढाउनु हुनेछ ।

कार्यक्रममा कान्छी अर्थात् श्वेता खड्का , अभिनेता दयाहाङ राई, सहित चर्चित गायिका अञ्जु पन्त, संगीतकार तथा गायक राजनराज सिवाकोटी, हाँस्य कवि शैलेन्द्र सिम्खडा, गायक युवराज चौंलागाईं, कमेडियन सन्दिप क्षेत्री, गायिका माण्डवी त्रिपाठी, संगीतकार तथा गायक अर्जुन पोखरेल, गायक धर्मेन्द्र सेवन, हाँस्य व्यांग्य कलाकार जितु नेपाल, निर्देशक आकाश अधिकारी, वरिष्ठ नृत्य निर्देशक बसन्त श्रेष्ठ, नायिका अशिष्मा नकर्मी, मरिस्का पोखरेल, जेविका कार्की तथा नायक विनोद न्यौपानेले विशेष प्रस्तुत दिनेछन् ।

विशेषतः माझी बस्ती निर्माणमा सहयोग जुटाउन कान्छी म्युजिकल नाइट २०१८ तथा रेड कार्पेट को आयोजना गरिएको श्वेताले बताइन् । 

कार्यक्रम लोकप्रिय सञ्चारकर्मी नरेश भट्टराई पुर्व मिस नेपाल सुगरिका केसीले सञ्चालन गर्नेछन् ।  कान्छी फागुन ४ गतेदेखि प्रदर्शनमा आउँदैछ ।

Post Comment