पंचायतको ट्रेलरमा देखियो निताको दमदार अभिनय (हेर्नुस् ट्रेलर)

पंचायतको ट्रेलरमा देखियो निताको दमदार अभिनय (हेर्नुस् ट्रेलर)
मनोरन्जन

फिल्म ‘पञ्चायत’को ट्रेलर रिलिज भएको छ।

 ट्रेलरमा सरोज खनाल, नीता ढुङ्गाना र जान्वी बस्नेतलाई मुख्य भुमिकामा देखाइएको छ ।

फिल्ममा सरोज खनाल र नीता ढुङगानासँगै रुपा राना, गीता अधिकारी, गणेश गिरी, जाहान्वी बस्नेत, विशाल पहारी, किरण थापा, राजुबाबु श्रेष्ठ आदीको पनि अभिनय रहेको छ।

[youtube https://www.youtube.com/watch?v=m58gcig4lp8]

फागुन १७ गते रिलिज हुने फिल्मलाई शिवम अधिकारीको निर्देशन गरेका हुन्। पञ्चायतमा टंक बुढाथोकीको संगीत र रामेश्वर कार्कीको छायांकन छ।

अमेरिकामा भएको ‘सान फ्रान्सिस्को ईन्टनेशनल न्यु कन्सेप्ट फिल्म फेस्टिभल’मा फिल्म उत्कृष्ट घोषित भएको थियो भने अभिनेत्री नीता ढुङ्गानाले उत्कृष्ट अभिनेत्रीको अवार्ड जितेकी थिइन्।

Post Comment