‘गएँ भने संसारै छाडेर’ को सफलता पछी निराजन प्याकुरेलको लयमा नयाँ गित आउँदै

मनोरन्जन

महेश नेपाल, काठ्माण्डौ । नूवाकोटको बिदुर न.पा. ११ गेर्खु, बितलबमा जन्मीएका निराजन प्याकुरेल सानै देखी लोकगित संगित औधि रुचाउँथे । आफुले पनि लोक गितमा केही योगदान पुर्याउन पर्छ भनेर सोच्ने प्याकुरेलले हालसालै ‘गएँ भने संसार छाडेर’ बोलको गित निकालेका छन । राजेन्द्र पाठक र अर्चना स्याङतानको आवाजमा सजिएको गितमा रमेश श्रेष्ठको लय र प्रकाश पुरीको शब्द रहेको छ । उनको गित अहिले चर्चामा छ ।

अब उनको आफ्नै लयमा केहि दिनमा परदेशिको पिडामा आधारीत यथार्थ कथा बोकेको गित बजारमा आउदै गरेको उनले बताए । गित हो ‘न्याउलि जस्तै रुँदै हिँडछु म’। यो गितमा टिका पुन, राजेन्द्र पाठकको स्वर साथै निशान्त बानियाँको शब्द रहने उनले बताए ।

Post Comment