शत्रुगतेको ‘रुपै मोहनी’ गीत चोरी गरेको खुलासा (प्रमाण सहित भिडियो हेर्नुस्)

शत्रुगतेको ‘रुपै मोहनी’ गीत चोरी गरेको खुलासा (प्रमाण सहित भिडियो हेर्नुस्)
मनोरन्जन

फिल्म शत्रुगतेको ‘रुपै मोहनी’ गीत चोरी गरेको खुलासा भएको हो ।
‘रुपै मोहनी’ बोलको गीतलाई वरिष्ठ गायक कुमार बस्नेतको ‘रउसी खान जाउँ’ बोलको गीतसँग हुबहु मिलेको छ । गायक बस्नेतले भने, ‘मेरो गीत चोरी भएको विषयमा हरिवंश आचार्यसँग सोधेका थिएँ । हरिवंशले होइन दाई भजनको रुपमा मात्रै हो भनेर हल्का जवाफ दिए ।’
हरिवंशबाट के जवाफ पाउनु भयो भन्ने प्रश्नको जिज्ञासामा गायक बस्नेतले भने, ‘प्रतिलिपि अधिकारको विषयमा हामीसँग लडेको हो । सँगै ५–६ वर्ष काम गरेको हो । हरिवंशले बुझ्ने कुरा हो यो । यहाँ यस्तै छ जसले जे गरे पनि हुन्छ ।’
लोकराज अधिकारीले शब्द लेखेको ‘रुपै मोहनी’लाई संगीतकार टंक बुढाथोकीले संगीत दिएका छन् । हुन त संगीतकार बुढाथोकीलाई संगीत चोरी गर्ने संगीतकारका रुपमा नेपाली फिल्ममा चिनिने गर्छन् । गीतकार अधिकारीलाई पनि यसअघि ‘तिमले पराई ठानेपछि पराई हुन के भयो र ?’ गीतका शब्द चोरी गरेको आरोप लागेको थियो । संयोग मान्नुपर्छ ‘रुपै मोहनी’ बोलका संगीतकार र गीतकारलाई बौद्धिक सम्पत्ति चोरी गर्नेको गरेको आरोप छ ।

‘रुपै मोहनी’ बोलको यो गीत ‘छक्का पञ्जा ३’ का लागि तयार पारिएको थियो । ‘छक्का पञ्जा २’को टिमलाई ‘ए दाजु नसमाउ नाडीमा बोलको गीत चोरी गरेको आरोप लागेको थियो ।

[youtube https://www.youtube.com/watch?v=eHdV4b78rbs]
दीपकराज गिरी र दीपाश्री निरौलाले फेरि पनि गीत चोरी भएको आरोप नलागोस् भनेर ‘शत्रु गते’मा राख्नका लागि दिएको हुन सक्ने बताइएको छ । दीपक र दीपाको ‘छक्का पञ्चा’ फिल्मको प्रतिलिपि चोरी भएको भनेर प्रहरीमा उजुरी दिँदा डराएर एकजना युवकले आत्महत्या गरेका थिए ।

‘शत्रु गते’ फिल्मका लागि दीपक र दीपाले ‘रुपै मोहनी;’ गीत आफूलाई दिएको निर्माता किरण केसीले बताएका छन् ।

गायक बस्नेतले वर्षौं पहिला सर्जक होनी मायासँग ‘रउसी खान जाउँ;’ गीतको लय लिएको बताए । सो गीतको शब्द लेख्न वरिष्ठ गायिका हरिदेवी कोइरालालाई लेख्न लगाएको बस्नेतले बताए । शब्द लेख्दा कोइरालालाई मोहन गन्धर्वले सहयोग गरेका थिए ।

वरिष्ठ गायक बस्नेतले ‘रउसी खान जाउँ;’ बोलको गीत म्युजिक नेपालमा रेकर्ड गराएको र अहिले पनि त्यो गीत सुरक्षित रहेको उल्लेख गरे

Post Comment