महेश नेपाल, चौतारा । सुन्दर जिल्ला सिन्धुपाल्चोकको भोटेचौरमा जन्मिएका हुन बिबेक चौलागाई । उनी लोक तथा दोहोरी गित सानै देखि असाध्यै मन पराउँथे । उनको सपना थियो म पनि लोक संगितको लागि केही योगदान गर्छु भन्ने ।

अन्तत उनै बिबेकले आफ्नो सपना साकार पारेका छन, लोक दोहोरी गित ‘नक्कली कान्छी’ निकालेर । उनको नयाँ गित youtube मा हेर्न सकिन्छ । मेलमिलाप डिजिटलले बजारमा ल्याएको गितमा उनै बिबेक चौलागाईको र सृजना हुमागाईको आवाज समेटिएको छ । सृजना हुमागाईको लय शब्दमा तयार भएको गितको भिडियोमा रबिना भण्डारी र बद्री दंगालले अभिनय गरेका छन ।
प्रबिन थापाको निर्देशनमा बनेको म्युजिक भिडियोको छायाँकन नमराज घिमिरे र सम्पादन शक्ति प्रज्वल घिमिरेले गरेका हुन । बिबेकको छिट्टै नयाँ प्रस्तुती पनी बजारमा आउदै गरेको जानकारी गराएका छन।
हेर्नुहोस भिडियो: