गायन रियालिटी सो ‘नेपाल आइडल’को दोस्रो संस्करणको लागि आवेदन खुला गरिएको छ। नेपाल आइडलको आधिकारिक फेसबुक पेजमार्फत अडिसन आह्वान गरिएको हो।
कहाँ कहिले हुदैछ अडिसन ?हेर्नुस् भिडियो
[youtube https://www.youtube.com/watch?v=La7paOQiWu0]
योपटक नेपाल आइडल निर्देशन सुरेश पौडेलले गर्ने जानकारी दिइएको छ। सुरेश एपीवान टेलिभिजन निर्देशक हुन् भने यसअघि नेपाल आइडलमा प्रोजेक्ट प्रमुखका रुपमा रहेका थिए। पहिलो संस्करणका निर्देशक लक्ष्मण पौडेलले भने अर्को गायन रियालिटी सो ‘द भ्वाइस’को तयारी गर्दैछन्। योपटक निर्णायक टिममा गायक राजेश पायल राईको उपस्थिति रहन सक्ने जानकारी स्रोतले दिएको छ। कार्यक्रमलाई रीमा विश्वकर्माले नयाँ को होस्ट सँग सञ्चालन गर्नेछिन्।