‘रोधी घर झर्ने हो’ गितले दर्शक श्रोतालाई छुट्टै किसिमको स्वाद चखाउँदै (भिडियो)

मनोरन्जन

महेश नेपाल, काठ्माण्डौ । हालसालै एउटा नयाँ गित डिजिटल बजारमा आएको छ । गित हो ‘रोधी घर झर्ने हो’ । सिमा ब्लोन, निमा ह्योल्मो लामा र फुलमाया लमिनीको संयुक्तको रुपमा बजारमा आएको यो गित ‘नेपाल अनलाईन रोधीघर’ को कोशेली हो ।

सुमधुर स्वरकी धनी गायिका गितादेबी र श्री कृष्ण श्रेष्ठको मीठो आवाजले भरिएको यस गितमा नकुल प्रनामीले लय भरेका छन भने लक्ष्मी तमाङ को मनै छुने शब्द समाबेश भएको छ । अहिलेका निकै चल्तिका म्युजिक एरेन्जर बिष्णु तामाङले संगित संयोजन गरेको यश गितले छुट्टै किसिमको स्वाद संगित अनुरागीहरुलाई चखाईरहेको दर्शक श्रोताले बताएको पाईएको छ।

शंकर बि.सी. र करिष्मा ढकालको लोभैलाग्दो नृत्य सहितको अभिनयले गितमा झनै सुनमा सुगन्ध थपिएको गित हेर्नेहरुले हामिलाई बताए। शंकर बि.सि.को निर्देशन, करण चैसीरको छायाँकन र मनोज कार्कीको सम्पादनमा तयाार भएको गितको भिडियो म्युजिक नेपालको अफिसियल युटुब च्यानल मार्फत आउट भएको हो ।

हेर्नुहोस भिडियो:

Post Comment