नेपाल अमेरिका साहित्य संगीत प्रतिष्ठानको दोस्रो श्रृंखला सम्पन्न

नेपाल अमेरिका साहित्य संगीत प्रतिष्ठानको दोस्रो श्रृंखला सम्पन्न
मनोरन्जन

नेपाल अमेरिका साहित्य संगीत प्रतिष्ठान आज आफ्नो दोस्रो श्रृंखलाको कार्यक्रम सम्पन्न गरेको छ।

कोलोराडाे, ब्रूम्फिल्ड स्थित जाइका ईण्डियन कुजिनमा आयोजित उक्त कार्यक्रममा नेपाली चलचित्र जगतकी चर्चित नायिका झरना थापा तथा अमेरिकि नागरिक ड्यान समेतको बिशेष उपस्थिती रहेको थियो। सर्जकहरुको साझा मञ्चको अबधारणामा गठित यस प्रतिष्ठानको यस श्रृखलामामा धेरै नयाँ प्रतिभाको आगमनले यसको लक्ष्यलाई थप टेवा दिएको आयोजक समुहले महसुस गरेको छ।

समाजमा बिभिन्न क्षेत्रमा योगदान प्रदान गर्ने बरिष्ठ ब्यक्तित्व मध्ये एकजनालाई सभापतित्व ग्रहण गराइ, केवल सुन्ने र सुनाउने कार्यक्रमलाई प्रोत्साहन गरिने यस कार्यक्रममा यस पटक स्थानीय समाजसेवी एबम् बुद्दी लामिछानेको सभापतित्वमा कार्यक्रम सन्चालन भएको थियो । श्री बसन्त लम्सालको सुमधुर स्वरबाट थालनी भएको उक्त साझा मञ्चमा बिभिन्न विधाका सर्जकहरुले आ-आफ्नो श्रृजनालाई मुग्ध कण्ठले अभिब्यक्त गरेका थिए ।

यस पटक वाचन भएका धेरै जसाे कबिता तथा गजलहरु देश र माटाे प्रति केन्द्रित थिए।

थुप्रै साहित्य कलाप्रेमीहरुको साथ र सदभावमा सन्चालन भएको उक्त कार्यक्रम बारिष्ठ नेपाली साहित्यकार ईन्द्र बहादुर राईको सम्झनामा एक मिनेट मौन धारण समेत गरिएको थियो। धन पौड्याल ,बिभिशिका अधिकारी ,सरोज भुषाल ,राजु सिटौला ,ज्ञानेन्द्र काफ्ले, भुपेन्द्र महत, श्री राम लुइटेल ,बी के श्रेष्ठ आदीले आफ्नो रचना बाचन गरेका थिए भने दीपेन्द्र श्रेष्ठ ,पल्लभी भुषाल र बसन्त लम्सालले आफ्नो गला मार्फत गीतहरु प्रस्तुत गर्नु भएको थियो ।

साथै जिदेन राइ,धन पौड्याल ,अमेरिकि नागरिक ड्यानले कार्यक्रमलाई सम्बोधन समेत गरेका थिए।

ड्यानले आफु सँग रहेका केही नेपाल सम्बन्धी पुस्तकको प्रर्दशन तथा आफुले सन् १९७० देखि अबिच्छिन्न रुपमा देखेको नेपालको अनुभव सुनाउनु भएको थियो साथै आफु सँग रहेका करिव छ हजार नेपाली भाषाका र नेपाल सम्बन्धी लेखिएका सङ्रहित पुस्तक नेपाली समुदायमा डोनेशन दिन इच्छुक रहेको समेत बताउनु भएको थियो ।

नेपाली साहित्य जगतको गतिबिधिलाई स्थान दिने क्रममा धन पौड्यालले बेलायतमा भएको नवराज पराजुलिको कबिता कन्सर्ट अनि भरखरै नेपालमा प्रकाशित भएको नथिया नामक उपन्यासको छोटो समिक्षा गर्नु भएको थियो ।

नेपालबाट आउनु भएकी चर्चित नायिका तथा निर्देशक झरना थापाले समेत शुभकामना मन्तब्यको साथै आफ्नो अभिनय कला र यस सँग जोडीएको क्षणलाई स्मरण गर्नु भएको थियो।

अन्तमा शुभकामना र कार्यक्रमको सफलताको कामना गर्दै सभापति बुद्दी लामिछानेबाट सभाको बिसर्जन गरिएको उक्त कार्यक्रमलाई गौतम सागर राइले कुशलतापूर्वक सन्चालन गरेका थिए।

Post Comment