बम साउदको ‘मैले मन पराएकी’ बजारमा

बम साउदको ‘मैले मन पराएकी’ बजारमा
मनोरन्जन

भनिन्छ संगीत एउटा मान्छेको मन मुटु भित्र बाँस गर्ने एक आन्नदित चिज हो । यो दुनियाँमा गित संगीत मन नपाराउने मान्छे सायद बेग्लै होलान्। संसारमा हरेक समुदाय क्षेत्रका मान्छेहरुका आ आफ्नै गित संगितहरु हुन्छन् ।

गित संगित यस्तो चिज पनि जस्बाट मान्छेहरु आन्नदको अनुभुती गर्छन् । तीनै गित संगित पारखी मध्यका एक गायक हुन बम साउद ।डोटि जिल्ला आदर्श गाउँ पालिका २ मा जन्मिनु भएका साउद देउडा गित पारखी हुन ।सुदुर पश्चिममा गाईने देउडा गितमा उनी निकै जम्दै गरेका छन् । हालसम्म बम साउदले चार वटा एल्बम निकालिसकेका छन् । त्यस्तै हालै उहाँले मैले मन पराएकी देउडा गित बजारमा ल्याएका छन् ।

जस्मा उहाँलाई स्वरमा साथ दिएकी छन् लोक दोहोरी क्षेत्रकि चर्चित गायिका देवि धर्ती मगरले ।उहाँ गित गाउने काम मात्र गर्नु हुन्न गितमा शब्द दिने काम पनि गर्दै आउनु भएको छ ।हाल बजारमा ल्याएको देउडा गितलाई निर्देशन भने सुदुर धमाका म्युजिक प्रालिका निर्देशक तथा गायक दिनेश साउदले गर्नु भएको छ।उक्त एल्बम लाई अगाडिका एल्बम झै श्रोता दर्शकले मन पराईदिनु हुने छ भन्ने आश पनि राखिएको छ।

भिडियो:

Post Comment