अभिनेत्री प्रियंका कार्कीले उनका फ्यान मध्ये एक जना अपरिचित व्यक्तिले धम्कीपूर्ण चिठि दिएको खुलासा गरेकी छन् ।
एउटा अनलाइन न्युज पोर्टलसँग उनले यस्तो खुलासा गरेकी हुन् । फ्यानबाट धम्कीपूर्ण पत्र पाएपछि उनका बाबुले कमलपोखरी प्रहरीलाई जानकारी गराएका छन् । कार्की ज्ञानेश्वरस्थित पुख्यौंली घरमा बस्दै आएकी थिइन् । उनी त्यहाँबाट सर्न लागेकी छन् ।
फ्यानको चेतावनीपूर्ण पत्र भन्दा पनि घर साँघुरो भएकाले सर्न लागेको उनले जानकारी दिएकी छन् । थप कारण भने सबैलाई घरको ठेगाना दिँदा हुने यस्ता व्यवाहार पनि रहेको उनले खुलाएकी छन् ।
‘म पहिले सामान डेलिभरी वा अरु प्रयोजनका लागि जोसुकैलाई आफ्नो घरको ठेगाना दिने गर्थेँ, तर त्यसो गर्नु नहुने रहेछ,’ प्रियंकाले भनेकी छन् ।
उनले अब कसैलाई पनि आफ्नो बस्ने घरको ठेगाना नदिने समेत जनाएकी छन् । उनलाई धम्कीपूर्ण भाषामा आएको पत्रमा ‘म तिमीलाई माया गर्छु । तर तिमिले भेट दिएनौ । नतिजा जे पनि राम्रो हुनेछैन’ लेखिएको उनले उल्लेख गरेको खुलाएकी छन् ।