गायन यात्रामा संचारकर्मी किशन रेग्मी: “कान्छी हे कान्छी” मा शिल्पा र पृथ्वीको अनस्क्रीन रोमान्स

गायन यात्रामा संचारकर्मी किशन रेग्मी: “कान्छी हे कान्छी” मा शिल्पा र पृथ्वीको अनस्क्रीन रोमान्स
मनोरन्जन

अमेरिकामा रहेर संचारकर्ममा रमाइरहेका किशन रेग्मी नवबर्षसंगै गायन क्षेत्रमा पनि प्रवेश गरेका छन् ।

केहि दिन अघि युट्युव मार्फत सार्वजनिक भएको कान्छी हे कान्छी बोलको गितमा गायिका श्रुति योगीसंगै नवगायकको रुपमा रेग्मीले आवाज दिएका छन् ।

टेक्ससको एक स्टुडियोमा रेकर्डिङ गरिएको गितको छायांकन भने नेपालमा गरिएको हो ।

गितको भिडियोमा नायिका शिल्पा पोखरेल र नायक पृथ्वीराज प्रसाई फिचरिङ्ग छन् ।

गितमा प्रल्हाद रिजालको शब्द, एसडी योगीको संगित रहेको छ ।  प्रकाश धितालको निर्देशन रहेको म्युजिक भिडियोको निर्माण उद्धव सिलवालले गरेका हुन् ।

[youtube https://www.youtube.com/watch?v=08n3quONuHM]

युएस मिडिया नेटर्वकबाट सार्वनजिक भिडियोलाई उत्सव दाहालले खिचेका हुन् । गितको कोरियोग्राफर सुरेन्द्र बसेल रहेका छन् ।

रेग्मीले टेक्ससमा रहेर युएसखवर डटकम अनलाइन संचालन गरिरहेका छन् ।

 

Post Comment