युएस – नेपाल न्युज, काठ्माण्डौ । नव गायक सबिन प्रसाद चौलागाईको पहिलो प्रस्तुती लोक तथा दोहोरी गित ‘पिपल पाते ओठ’ यतिबेला डिजिटल बजारमा दर्शक श्रोताको मायाँ बटुल्दै छ । उत्कृष्ट शब्द लेख्न माहिर शब्द सर्जक महेश नेपालको शब्द र लोकप्रीय गायक प्रकाश पुरीको लय रहेको यस गितमा बहुचर्चीत गायिका गितादेबीले सबिनलाई स्वरमा साथ दिएकी छिन ।
त्यस्तै गितको म्युजिक भिडियोमा राम्रो सम्भावना बोकेका मोडेल सबिन गौतम र पृयङ्का श्रेष्ठको जोडदार नृत्य देख्न सकिन्छ। गायक चौलागाई भन्छन: ”पहिलो गितमै दर्शक श्रोताको धेरै माया पाएँ, उहाँहरुले स्वर रुचाईसिनु भयो, म निकै खुसी छु । अब छिटै अर्को गितको तयारीमा छु।” उनको सांगितिक भबिष्य उज्ज्वल बनोस हाम्रो पनि शुभकामना।