संगीत यात्राका लागि सुगम पोखरेल अमेरिका आउँदै

संगीत यात्राका लागि सुगम पोखरेल अमेरिका आउँदै
मनोरन्जन

गायक सुगम पोखरेल दुई महिने संगीत यात्रामा अमेरिका आउने भएका छन् । पप गीतमार्फत उदाएका पोखरेल नेपाली सांगीतिक आकाशमा एक सफल गायक मानिन्छन् ।

उनलाई १ एमबि भनेर पनि चिनिन्छ । सुगम पोखरेल युएस यात्रा २०१८ नामक कार्यक्रमको लागि उनि आउने भएका हुन् ।

उनी संगीतकार, रचनाकार तथा रेडियो प्रस्तोता पनि हुन् । पछिल्लो समयमा गायक पोखरेल नेपाली चलचित्रका गीतहरूमा पनि जम्न सफल भएका छन् ।

मेरो संसार नामक गीतबाट दुई दशक अगाडि सांगीतिक दुनियामा प्रवेश गरेका सुगम मे र जुन महिनाको लागि अमेरिका यात्रामा रहनेछन् ।

अमेरिकाका विभिन्न २५ राज्यहरूभन्दा बढ्ता उनको प्रस्तुति हुनेछ । उनले दुई महिनाको अवधिभित्र २५ वटा प्रदर्शन गर्ने सम्भवत पहिलो गायक बन्ने अवसर पनि प्राप्त गर्नेछन् ।

उनको पहिलो प्रस्तुति अमेरिकाको सन एन्टीनोमा मे १२ तारिखबाट सुरु भै जुलाई १२ तारिखम टेनेसीको न्यास्भिलमा अन्तिम प्रस्तुति हुनेछ ।

अमेरिकामा उनको कार्यक्रम फ्युजन इन्टरनेसनलले नेपसिने तथा प्लानेट ३ फिल्मसको सहयोगमा ल्याएको हो । आधिकारिक मिडिया पार्टनर ईनेप्लिज रहेको छ ।

Post Comment