हिमेश रेशमियाले गरे दोस्रो बिवाह !

हिमेश रेशमियाले गरे दोस्रो बिवाह !
मनोरन्जन

बलिउड गायक तथा संगीतकार हिमेश रेशमियाले टिभी अभिनेत्री सोनिया कपुरसँग विवाह गरेका छन् । शुक्रबार राती आफ्नो लोखन्डवालस्थित अपार्टमेन्टको छतमा सानो समारोहबीच उनले विवाह गरेका हुन् । विवाह गुजराजी रीति–रिवाज अनुसार भएको थियो । विवाहमा दुवैका परिवारका सदस्य उपस्थित थिए । हिमेश र सोनिया एकअर्कासँग पछिल्लो १० वर्षदेखि डेट गरिरहेका थिए । भनिन्छ, सोनियाकै कारण हिमेश र उनको पहिलो पत्नी कोमलसँग सम्बन्ध विच्छेद भएको थियो ।

तर, कोमलले यो कुरा अस्वीकार गरेकी छिन् । उनले सोनियालाई आफ्नो परिवारको सदस्य जस्तो मान्ने बताएकी थिइन् । कोमल र हिमेशको विवाह सन् १९९६ भएको थियो । उनीहरुको सन् २०१७ मा सम्बन्ध विच्छेद भएको थियो । हिमेश र कोमलको एक छोरा छन्, स्वयं । सोनिया कपुर एक टिभी अभिनेत्री हुन् जसले किटी पार्टी, आ गले लगजा, पियाका घर, कभी कभी, कुशुम जस्ता शोमा काम गरेकी छिन् । सन् २००६ मा पहिलो पटक हिमेश र सोनियाको प्रेमबारे चर्चा भएको थियो ।

Post Comment