सांगितीक कार्यक्रममा भर्खरै नेपाल समेत आइसकेकी गायिका मोनाली ठाकुरले एउटा अन्तरवार्तामा भारतका जनता जनावर जस्ता भएका कारण आफ्नो देश बस्न लायक नरहेको टिप्पणी गरेकी छन् । ।
उनले आफुले भ्रमण गर्ने क्रममा अन्य देशका नागरिकले भारत र भारतीयका बारेमा गरेको टिप्पणीका कारण यस्तो बुझाई रहेको बताइन् ।
भारतीयले गलत फाइदा उठाउने गरेको उनले बताएकी छन् । भाषा र संस्कृतिको विविधता भए पनि गलत फाइदा उठाउने भारतीयको बानी गलत भएको उनको टिप्पणी छ । ‘हामी विरासतको गलत फाइदा उठाइरहेका छौं, जसका कारण अन्य देशका नागरिकले हामीलाई ठिक मान्दैनन्, जनावर भन्छन्