महले अमेरिकन एम्वेसीबाट करोडौ रुपियाँ लिएको खुलासा

मनोरन्जन

वरिष्ठ हास्यकलाकारद्वय मदनकृष्ण श्रेष्ठ र हरिवंश आचार्यले विभिन्न बहानामा अमेरिकन एम्वेसीबाट करोडौँ रुपियाँ आर्थिक सहयोग लिएको खुलासा भएको छ ।

स्रोतका अनुसार श्रेष्ठ र आचार्यको ‘मह’ सञ्चार नामक संस्थाले अमेरिकन एम्वेसीबाट सात पटकमा पाँच लाख ६ सय अमेरिकन डलर रकम लिएको खुलेको हो । यो रकम नेपाली मुद्रामा झण्ड साढे ५ करोड हुन आउँछ ।

हास्यकलाकारद्वय श्रेष्ठ र आचार्यले नेपाली जनतामा सचेतना जगाउने तथा सूचनामूलक फिल्म बनाउने बहानामा यति ठूलो रकम लिएको रहस्य बाहिरिएको छ ।

‘मह’ जोडीले अमेरिक एम्वेसीबाट यति धेरै रकम लिएको रहस्य बाहिरिएपछि शुभेच्छुकहरूले विभिन्न खालका टिकाटिप्पणी गर्न थालेका छन् ।

Post Comment