काठ्माण्डौ । फरक स्वर भएका गायक शितल राज गिरीको दोश्रो साँगितिक कोशेली डिजिटल बजारमा आएको छ। ‘सिन्धुपाल्चोक घर’ भन्ने बोलको गित मार्फत चर्चामा आएका उनको पछिल्लो गित हो “डुब्लिकेट लब” । कमेडी बेशमा बनाईएको रोमान्टीक यस गितमा शितल राज गिरी र रिता आरजेको सुमधुर आवाज रहेको छ भने प्रकाश सामटको शब्द र लोकपृय सर्जक महेश नेपालको उत्कृष्ट लय रहेको छ ।
गितको म्युजिक भिडियोमा रोशन, निरुता, रमेश र सृजनाको जिवन्त अभिनय हेर्न सकिन्छ। रिता आर जेको निर्देशनमा बनेको यस म्युजिक भिडियोको छायांकन किरण मिथुन थापाले गरेका हुन । भने भिडियो सम्पादन मिडिया पिक्चर नेपालले गरेको । गिरीको अब छिटै दुई गित ‘बाईक चडेसी’ र ‘भातै मीठो’ पनी बजारमा आउने तयारीमा रहेको उनले बताए।