अमेरिकामा बसेर लामो समय देखि नेपाली गीत संगीतमा निरन्तर रुपमा लागिपरेका गीतकार राजेश आर्यलको नया गीत सार्वजनिक भएको छ | सार्वजनिक “न्यानो माया” बोलको गीतमा उनको आफ्नै शब्द र पुरन पुवार र मेलिना राईको स्वर समावेश रहेको छ | गीतमा भूपू पाण्डेको संगीत समावेश रहेको छ |
रोमान्टिक जनरामा तयार गरिएको यस गीतको भिडियो पनि रमाइलो बनेको छ | सुप्रिम पराजुलीको सम्पादन रहेको भिडियोको छायांकन तथा निर्देशन भने सुन्दर लावतीले गरेका हुन् | भिडियोमा फुर्बा र कल्पनाले अभिनय गरेका छन् | भिडियो र गीतको मेल निकै राम्रो देखिन्छ |
एक पछि अर्को राम्रा राम्रा गीत बजारमा प्रस्तुत गरिरहेका गीतकार राजेश अर्यालको छुट्टै किसिमको परिचय नेपाली सांगीतिक क्षेत्रमा बनिसकेको छ | यसपटकको गीतमा केहि नयापन रहेको र दर्शक श्रोताको मन अवश्य पनि यस गीतले जित्ने उनको भनाई रहेको छ | आफु निरन्तर रुपमा गीत संगीतमै लाग्ने र अरु थुप्रै गीत अझ बजारमा आउन बाँकी रहेको पनि उनले जानकारी दिएका छन् |
अमेरिकामा बसेर नेपाली गीत संगीतमा समय खर्चिनु भनेको सामान्य कुरा भने पक्कै पनि होइन | ब्यस्त समयलाई मिलाएर केहि समय निकालेर नै भए पनि उनि नेपाली गीत संगीतमा भने लागिपरेकै छन् | गीत संगीत प्रतिको माया मोहले उनलाई नेपाली गीत संगीतमा लागिपर्न खुबै जाँगर तथा उर्जा दिएको छ |
[youtube https://www.youtube.com/watch?v=rj1fsOW3nlU]