लामो समय देखि चित्रकारको रुपमा स्थापित चित्रकार कुशल बस्ताकोटीले हालै अमेरिकामा आफ्नो चित्रकला प्रदर्शनी गरेका छन ।
हालसम्म ३५ बढी ठाउँमा चित्रकला प्रदशर्नी गरेका बस्ताकोटीको उक्त चित्रकला प्रदशर्नी हेर्न ५०० बढी ब्याक्तिहरु आएका थिए । यति मात्र होइन केही समय देखि अमेरिका रहेकी चर्चित गायिका अन्जु पन्त समेत उक्त प्रदशर्नी हेर्न पुगेकी थिइन् । प्रदशर्नी युनाइटेड नेप्लिज एसोसिएसनको तेस्रो सम्मेलनमा भएको हो ।
चित्रकार बस्ताकोटीले नेपाली परिभेष, गाउँ, सहर तथा विभिन्न ठाउँ बिशेष पेन्टिङहरु राखेका थिए । प्रदशर्नीबाट आफूलाई निकै सकारात्मक प्रतिक्रिया आएको र त्यो प्रतिक्रियाले हौसला बढाएको भनाइ चित्रकार बस्ताकोटीको रहेको थियो ।
पोखरामा जन्मिएका उनि यतिबेला अमेरिकामा नै बस्दै आएका छनु् । जहाँ उनि अध्ययन सँगै चित्रकलामा समय बिताउने गर्छन । उनले चित्रकलाबाट नै विभिन्न राष्ट्रिय तथा अन्तर्राष्ट्रिय अवार्डहरु पाइसकेका छन ।