आगामी अगस्ट महिनामा अमेरिकाको न्युयोर्कमा हुने मिस नेपाल नर्थ अमेरिकाको लागि मिस नेपाल २०१० सदिक्षा श्रेष्ठ आधिकारिक कोरियोग्राफरमा मनोनित भएकी छन् ।
आयोजक मिस नेपाल नर्थ अमेरिकाले विज्ञप्ति मार्फत सार्वजनिक गरेको छ । मिस नेपाल नर्थ अमेरिका आगामी अगस्ट ११ तारिखमा हुँदैछ ।
यसै गरि मिस नेपाल नर्थ अमेरिकाको लागि मिस टुरिजम् २०१८, इन्टरकन्टिनेन्टल २०१८, मिस न्युयोर्क २०१७ तथा मिस टुरिज्म युएसए २०१७ फतेना क्वासेमलाई कार्यक्रमको लागि आधिकारिक प्रशिक्षकमा मनोनित गरिएको छ ।
न्युयोर्ककै प्रसिद्ध कार्यक्रम स्थल मेलरोज बलरुममा उक्त कार्यक्रम अगस्ट ११ मा हुने तय भएको छ । सोही स्थानमा भोज समारोहको समेत आयोजना गरिने बताइएको छ ।