भारतका प्रोफेसर थाहै नपाई सेलिब्रिटी (भिडियो)

भारतका प्रोफेसर थाहै नपाई सेलिब्रिटी (भिडियो)
मनोरन्जन

भारत एक रातमा अनेक हंगामा मच्चाउन सक्ने र खुबीले भरिएका मानिसहरूको देश हो । यस्तै घटना हालै भएको छ । आफ्ना सालोको बिहेको अवसरमा नाचेका एक प्रोफेसर रातारात सेलिब्रिटी बनेका छन् ।

भोपालमा पढाउने प्रोफेसर सञ्जिब श्रीवास्तवले गोविन्दाको स्ट्याइलमा चानेको उक्त भिडियो भाइरल भएको छ । गोविन्दाकै गीतमा उनले नाचेको भिडियो कसैले खिचेर युट्युवमा राखिदिएका थिए ।

[youtube https://www.youtube.com/watch?v=OjWDXL-sH1o]

अहिले भारतीय मिडियाको लाइन उनको घरमा हुने गरेको छ । उनको भिडियो हेरेर मध्यप्रदेशका मुख्यमन्त्री शिवराज चौहानले समेत बधाई दिँदै ट्वीट गरेका छन् । भिडियो हेरेका प्रधानमन्त्री नरेन्द्र मोदीले पनि बधाई दिएका छन् ।

प्रोफेसर विदिशामा बस्ने हुन् । उनको डान्सको स्टाइलमा अमेरिकामा बस्ने एक युवतीले पनि भिडियो बनाएकी छन् ।

Post Comment