मेरिल्याण्ड चित्रकला प्रतियोगितामा केसी प्रथम

मेरिल्याण्ड चित्रकला प्रतियोगितामा केसी प्रथम
मनोरन्जन

अमेरिकामा बस्दै आएका चित्रकार राजेन्द्र केसीद्वारा प्रस्तुत गरिएको चित्रकलाले प्रथम स्थान हासिल गरेको छ ।

उनले अमेरिकाको मेरिल्याण्ड राज्यको पर्यटक तथा पुरानो चर्चित शहर एनापोलिसमा भएको चित्रकला प्रदर्शनमा पहिलो स्थान हासिल गरेका हुन् ।

उनले उक्त प्रतियोगितामा दर्जनौ कलाकारहरुले बनाएका प्रदर्शित चित्रलाई हेर्न आएका दर्शक तथा निर्णायकहरुले केसीका चित्रलाई मतदान गरी उनी प्रथमस्थान हासिल गर्दै ५ सय डलर नगद तथा सम्मान स्वरुप पुरस्कार प्राप्त गरेका छन् ।

निर्णायकहरूले निश्चित तोकेको समय भित्र उनले दृश्य चित्र बनाएर नेपालीको नाम उच्च राखन सफल भएका छन् । उनी एक मात्र नेपाली चित्रकार (कलाकार) सहभागी रहेका थिए । यसको साथै उनले बनाएको चित्र तुरुन्तै बिक्री पनि भएको केसीले बताए ।

Post Comment