महेश नेपाल, काठ्माण्डौ । थोरै गित गाएर पनि राम्रो चर्चा कमाएका गाएक सुरेन्द्र गिरीको भर्खरै फेरी नयाँ कोशेली बजारमा आएको छ । गित हो लोक दोहोरी गित ‘पान सुपारी’ । जसमा स्वर सुरेन्द्र गिरी र देबी आलेको रहेको छ भने शब्द सरोज लामिछाने र लय गिरीकै रहेको छ। यस भन्दा अगाडी दुई गित गाई सकेका गिरी अहिले नाटक मा बढी ब्यस्थ भएको बताउछन ।
मनोज खड्का र सुबिक्षाको अभिनयमा बनेको यस गितको भिडियोको निर्देशन टेकेन्द्र कार्कीले गरेका हुन । आशिष म्युजिक प्रा.लि. बाट बजारमा आएको गित म्युजिक नेपालको आधीकारीक Youtube च्यानल मार्फत हेर्न सकिन्छ ।