युएसनेपाल न्युज, नुवाकोट । दिनेश भन्छन नुवाकोटमा धेरै थरिका मिडिया: रेडियो, अनलाइन, पत्र-पत्रिका भएपनि आफुले निस्वार्थ भावनाले सयोग नपाएको बताउँछन् र धेरैजसो कलाकार हुँ भनेर आफुलाइ दर्शक श्रोतामाझ चिनाउँदै आएका केही ब्यक्तीहरु नुवाकोट मेरो मात्रै हो नुवाकोटमा मेरो मात्रै गितले बजार पाउनपर्छ र नयालाई प्रोत्सान दिनै हुदैन भनेर भित्र भित्रै गुलामि गर्ने हरुको बिग्बिगी बढेको छ । तर एफएमहरुमा नुवाकोटमा अरुको भन्दा बढि गित सङितको डिमान्ड दिनेशको आएको लाङटाङ एफएम कि कार्यक्रम सन्चालिक सङिता तमाङले बताईन ।
बोल्न सक्न्नीको पिठो बिक्छ भनेझै आज भोलि राम्रा सिर्जना गर्ने सर्जकले स्थान नपाएकै बुझिन्छ । दिनेश भन्छन: “किन नुवाकोटका मिडियाहरु बाट सहयोग पाएन दिनेशले ? पुरनालाई सम्मान गर्दागर्दै पनी, किन पुराना हस्तीहरु बिभिन्न लोक संगित संघ सस्थामा आबद्ध भएर पनी दिनेशलाई स्थान दिएनन ? पक्कै पनि यस बिषयमा बिशेष गरी नुवाकोटे दर्शक श्रोताले ध्यान दिन आवश्यक छ । हैन भने नयाँ र राम्रा प्रतिभाको अन्त्य नहोला भन्न्न सकिन्न । ”
०७४/७५ मा काँठ क्षेत्रकै उत्कृष्ट गित बन्यो नमस्ते नुवाकोट उनी भन्छन । त्यो गितको बजार ब्यबस्था हुना साथ दर्शक निकै भावुक भएर आज लगातार गित सङितमा आफ्नु डिमान्ड बढेको र छिटो भन्दा छिटो दर्शक श्रोतालाई आफ्नु टेस्ट दिदै आएको र दिदै आउने उनले बताए । दर्शक श्रोताले दिनेशलाई लाईभ कार्यक्रममा देख्ने चाह गरेपनी आयोजकले स्थान नदिदा त्यो चाहना पूरा गर्न नसकेकोमा उनी दुखेसो गर्छन ।
नुवाकोटका बिभिन्न सस्थामा आबद्ध भएर पोलिटिकल पार्टीको गुलामी गरेर अर्काको गित गाएर भात खानेहरुको सामु दिनेशले एक बर्शमा उनिहरु भन्दा बढी गित संगित बजारमा निकाले र उनीहरुले पर्सनल फेसबुक मेसेन्जरमा दिनेश हामी भन्दा अघि जाला सोचेर हामी तलाइ समर्थन गर्न सक्दैनौ भनेर भनेको तितो कुरा उनले मिडिया मार्फत पोखेका छन । आफ्नु बेग्लै पहिचान बनाईसकेका दिनेशको अब छिटै अर्को जुनि र हे बरै आउदै गरेको उनले बताए । म लोक गित संगितमा केही गरेरै छाड्छु उनले अठोट लिएका छन ।