‘बोल माया’ गीतबाट निकै चर्चा कमाएकाे गायक प्रकाश सपुत दुर्घटनामा परेका छन् । उनी चढेको कार पोखरा सडकखण्डमा दुर्घटना भएकाे हो ।
बुटवलबाट बाग्लुङ जाँदै गर्दा सोमबार राती१२ बजेको समयमा दुर्घटना भएकाे जनाइएकाे छ । कार्यक्रमको लागि पोखरा गाईरहेका उनको कारले सडको छेउमा राखिएको बारलाई पनि भत्काएको छ ।
प्रकाशका अनुसार धेरै ठुलो दुर्घटना भएको छैन तर गाडी अलिकति अगाडी गएको भए ज्यान समेत जानसक्ने उनको ठम्याई छ ।