महेश नेपाल, काठ्माण्डौ। बिल्कुलै नयाँ र मार्मीक लोक दोहोरी गित दोबाटो यतीबेला डिजिटल बजारमा छ । लामो समय देखी दोहोरी गायनमा सकृय गायक अशिम कुमार कटुवालको र सीता घिमिरेको आवाजमा बजारमा आएको यस गितमा अशिम कुमार कटुवालको शब्द रहेको छ भने देबेन्द्र लामिछानेले लय बनाएका छन । अशिम कुमार कटुवाल आफैले समेत पहिलो पटक अभिनय गरेको यस गितको म्युजिक भिडियोमा अशिमलाई अभिनयमा आशा खड्का र रेल कुमार तामाङले साथ दिएका छन् ।

समीर थोकरको निर्देशन र सागर गौतमको छायाङ्कनमा बनेको यस गितको म्युजिक भिडियोको सम्पादन भने प्रकाश एस.के ले गरेका हुन । गितको भिडियो म्युजिक नेपालको आधीकारीक च्यानल मार्फत दोबाटो सर्च गरी हेर्न सकिन्छ ।
हेर्नुहोस भिडियो:
[youtube https://www.youtube.com/watch?v=WbnOLXH7glc]