पोखरा १७ असार । नेपाल चलचित्र विकास बोर्डबाट यसबर्षको विषेश चलचित्र पुरस्कारबाट पुरस्कृत चलचित्र अग्निदहनका निर्देशक तथा कलाकारहरुलाई चलचित्र पत्रकार संघ कास्की र पोखरा फिल्मस् सोसाईटीले संयुक्त रुपमा सम्मान गरेका छन्।
निर्देशक घनश्याम लामिछानेले पुरस्कार आफु मात्रै नभई सिंगो पोखराले पाएको बताए ।
पुरस्कार पाँउदा खुशीको सिमा छैन , खुशि, हौसलासंगै जिम्मेवारी बोधको अनुभव गरेको छु ,उनले भने ।
पुरस्कार पाएसंगै चलचित्रको अन्तराष्ट्रिय प्रर्दशन तथा फिल्म फेष्टिवलमा सरकारको सहयोग रहने छ उनले भने , आशा गरौं फिल्म नेपालको प्रतिनिधित्व गर्दै ओस्कारको लागी छनौट पर्नेछ ।
कार्यक्रमा बोल्दै चलचित्र पत्रकार संघ कास्कीका उपाध्यक्ष राजाराम पौडले पोखराबाट निर्माण भएको सामाजिक चलचित्र अग्नीदहन पुरस्कृत हुनु गौरवको बिषय भएको बताए ।
पोखरा फिल्म सोसाइटिका अध्यक्ष जितेश प्रधानले अग्निदहनले पाएको सफलताले पोखरामा क्रियाशिल कलाकर्मीहरुको हौसला बढाएको बताए ।
कार्यक्रममा कलाकारहरु प्रमिला तुलाचन , तुलसा जिसि , निर्मल लामिछानेलाई समेत सम्मान गरिएको थियो ।
मान्छे बोक्सी हुन्न कहिल्यै राष्ट्रिय जागरण प्रतिष्ठान नेपालले निर्माण गरेको फिल्म बोक्सी प्रथाको बिषयमा बनेको छ ।
आजदेखी नेपाल सरकारको समन्वयमा ९ जिल्लामा चलचित्रको निशुल्क प्रदर्शनी गरिदै छ ।