सांगीतिक ब्याण्ड ‘कन्दरा’ले अमेरिकाको डिसीमा प्रस्तुति दिएको छ । गायक बिबेक श्रेष्ठको प्रस्तुतिमा उत्साहित र मनोरञ्जन लिँदै दर्शक झुमेका थिए ।
अमेरिकाको डिसी महानगर क्षेत्रमा कन्दराको पहिलो प्रस्तुति हो । अमेरिकाको टेक्सस, क्यालिफोर्निया राज्यमा समेत कन्दराको सांगीतिक कार्यक्रम हुनेछ ।
डिसी महानगर क्षेत्रमा गत जुन २९ तारिखदेखि जुलाई १ सम्म भै रहेको तेश्रो नेप्लिज अमेरिकन कन्भेन्सनको उद्घाटन अमेरिकाका लागि नेपाली राजदूत अर्जुनकुमार कार्कीले गरेका थिए ।
कन्दरा ब्याण्डले नेप्लिज अमेरिकन कन्भेन्सनको आग्रहलाई स्वीकार गरी सहभागिता जनाएको हो । कन्दरा ब्याण्डको यो पूर्ण रुपमा सांगीतिक कार्यक्रम नभई सम्मेलनमा हुने बिबिध कार्यक्रम मध्ये साँस्कृतिक कार्यक्रममा सहभागिता जनाएको छ ।
गत जुन ३० तारिखका दिन सम्पन्न सांस्कृतिक सांझ कार्यक्रममा न्युयोर्कबाट आएका संजोक योञ्जनले आफ्नो गीतबाट कार्यक्रम सुरु गरेपछि प्याराडाईज तथा मोक्षमन्त्र संगीत मण्डलीले आफ्ना केही गीतहरू प्रस्तुति गरेका थिए ।