न्युयोर्कमा काठमाडौ इन्टरनेशनल माउन्टेन फिल्म फेष्टिबल सम्पन्न

न्युयोर्कमा काठमाडौ इन्टरनेशनल माउन्टेन फिल्म फेष्टिबल सम्पन्न
मनोरन्जन

अमेरिकाको न्यूयोर्कबाट प्रकाशित हुने एभरेष्ट टाइम्सको सहआयोजनामा न्युयोर्कमा चौथों (काठमाडौ इन्टरनेशनल माउन्टेन फिल्म फेष्टिबल) किम्फ सम्पन्न भएको छ ।

नेपालमा लामो समयदेखि हिमाल एसोसियसनको आयोजनामा हुँदै आएको किम्फ देश बाहिर ट्राभलिङ किम्फको रुपमा विगत चार वर्षदेखि अमेरिकामा एभरेष्ट टाइम्सको सहआयोजनामा हुँदै आएको छ ।
नेपालको ग्रामिण भेगको बास्तविक कथा बस्तु समेटेर बनाएका विभिन्न ४ डकुमेन्ट्रीहरु यस पटक गत शनिबार न्युयोर्कस्थित शेर्पा किदुगको हलमा प्रर्दशन गरिएको थियो । यस पटक चिल्डेन अफ स्नोल्याण्ड, च्यालो, जलगेडी र पेम्बा रिटन टु गोली प्रर्दशन गरिएको थियो ।
कार्यक्रममा नेपाली कन्सुलेटका महाबाणिज्यदुत मधु मरासिनी, बौद्ध धर्म गुरु आवतारी लामालगायत विभिन्न समुदायका प्रतिनिधिहरुको उपस्थिति रहेको थियो । किम्फ दुई सोमा भएको थियो ।
‘ नेपालको ग्रामिण भेगको बास्तविक कथा बस्तुलाई प्रवासी नेपाली समुदायमा देखाउनका साथै विदेशमा नेपाल चिनाउनका लागि विगत ४ वर्षदेखिन हामीले ट्राभलिङ किम्फ आयोजना गदै आएको हो’ एभरेष्ट टाइम्सका प्रधान सम्पादक आङछिरिङ शेर्पाले भने, ‘किम्फबाट उठने रकम नेपालको ग्रामिण भेगको विद्यालयलाई सहयोग गर्न पाउँदा खुशी लागेको छ ।’
एभरेष्ट टाइम्सले किम्फ गरेर यस अघि सोलुखुम्बुको दुई विद्यालयलाई सहयोग थरिसकेको छ भने गत वर्ष सिन्धुपाल्चोकको विद्यालयलाई सहयोग गरेको थियो । यस पटकको किम्फबाट उठेको रकम रामेछापको कुनै दुर्गम विद्यालयलाई सहयोग गर्ने योजना बनाएको उनले बताए ।
‘प्रवासमा ग्रामिण भेगको मन छुने राम्रो डकुमेन्ट्रीहरु देखाउन पाउँदा निकै रमाइलो अनुभव भयो ’ एभरेष्ट टाइम्सका सम्पादक ङिमा पाख्रिनले भने, ‘भविष्यमा प्रवासमा रहेका नेपालीको कथामा बनेका डकुमेन्ट्रीहरु किम्फमा समाबेश गराउने हाम्रो प्रयास रहने छ ।’

Post Comment