नेपाली सांगीतिक आकाशमा चम्किलो ताराको रुपमा उदाउदै गरेकी गायिका हुन सरु गौतम । काभ्रे जन्मथलो भएकी गायिका सरु गौतम काठमाडौँलाइ कर्मथलो बनाएर सांगीतिक क्षेत्रमा उदाएकि छिन् ।
सुमधुर स्वरकी धनी सरु पछिल्लो समय पप गित, आधुनिक गित, तिज तथा लोकगित र चलचित्रको पार्श्व गायन तथा अन्य उनका चर्चित गितहरुका कारण बढी चर्चामा छिन् ।
करिब ५/६ बर्ष देखि सांगीतिक क्षेत्रमा सक्रिय सरुले लगभग सय भन्दा बेसी गीत गाइसकेकी छन् ।उनि आफुलाई भर्सलटाइल गायिका भन्न रुचाउँछिन् । छोटो समयमा नै आफुलाई नेपाली सांगीतिक क्षेत्रमा स्थापित गर्न सफल तथा हिट गितहरु दिएर संगीत प्रेमी नेमाझ चर्चित बन्न सफल उनि निरन्तर नेपाली सुगम संगीतमा आफुलाई स्थापित बनाउन सफल भएकी छिन । उनको बिदेशमा हुने कार्यक्रममा समेत माग बढ्दै गएको छ ।सरु गायिका मात्र नभएर एक मोडलको रुपमा समेत चिनिन्छिन ।
सरुले धेरै कार्यक्रममा अवार्ड र सम्मान समेत पाइसकेकी छिन । उनि भन्छिन: गित संगीत मेरो प्राण हो, संगीत मेरो रगतमा छ र मेरो हरेक धड्कनमा छ । “नेपालि संगीत भनेको हाम्रो सम्पति हो सस्कृति हो, त्यसैले हामीले यसलाई सम्रक्षण र प्रबर्धन गर्नु हाम्रो कर्तब्य हो” सरु भन्छिन,:नेपाली सांगीतिक क्षेत्र तथा गित संगीतको स्तरलाई अन्तराष्ट्रिय क्षेत्रमा परिचित गराउनु पनि हाम्रो दायित्व हो ।