नेपालमा जन्मिएका हुन बुद्धः पुनम पाण्डे

नेपालमा जन्मिएका हुन बुद्धः पुनम पाण्डे
मनोरन्जन

डेजाभु क्लब दरबार मार्ग काठमाडौंमा भारतीय चर्चित मोडल तथा बलिउड नायिका पुनम पाण्डेले धमाका मच्चाउने भएकी छन् । रशियामा जारी विश्वकप फुटबलको अवसरमा यहाँ आएकी मोडल पाण्डेले आफ्ना फ्यानहरुसँग काठमाडौंको दरबारमार्गमा रहेको डेजाभु क्लबमा जवानीको आगो सल्काउने बुझिएको छ ।

शनिबार बिहान रिपोर्टर्स क्लब नेपालमा पत्रकार सम्मेलन गरेर डेजाभु क्लबका सञ्चालक केपी गैरेले मोडेल पुनम पाण्डे फ्यानहरुकाबीचमा रहेर रशियामा जारी विश्वकप फुटबलको फाईनल खेल हेर्ने चाहना राखेकोले उनलाई काठमाडौंमा ल्याइएको जानकारी दिएका छन्

मोडल पुनम पाण्डेले आफु नेपालमा पहिलो पटक आएको र असाध्यै सुन्दर देशको रुपमा नेपाललाई पाएको बताएकी छन् । उनले भनिन् ‘मेरो आमाको मुखबाट नेपालको बारेमा धेरै कुरा सुनेकी थिए, बुद्ध नेपालमा जन्मिएका हुन भनेर भन्नु भएको थियो, नेपालका बारेमा आमाले धेरै कुराहरु गर्नुहुन्थ्यो, म पनि यहाँ आउनको लागि आतुर थिए, सौभाग्यवस विश्वकप फुटबलको अवसरमा आउन पाईयो, म बहुत खुसी छु ।’
किन आईन पुनम डेजाभुमा ?

डेजाभु क्लबका सञ्चालक केपी गैरेले मोडल पुनम पाण्डेलाई पैसा तिरेर नेपाल नल्याएको स्पष्ट पारेका छन् । उनले भने, ‘हाम्रो व्यक्तिगत सम्बन्धका आधारमा उहाँलाई काठमाडौं ल्याईएको हो, बाहिर हल्ला फिजाईए अनुसार क्लबले मोटो रकम तिरेर पुनमलाई ल्याईएको होईन, नेपालमा रहेका नेपाली फ्यानहरुको मनोभावना पूरा गर्नको लागि उहाँ नेपाल आउनु भएको हो, फ्यानहरुसँगै रहेर विश्वकप फुटबल हेर्नु हुनेछ ।’

उनले भने, ‘हामीले प्राय यस्ता खालमा अवसरमा स्वदेशी तथा विदेशी कलाकाहरुलाई ल्याएका हुन्छौं, पुनमको चर्चा विश्वमा हुन्छ, नेपालमा आउँदा हामी सबैको लागि राम्रो कुरा हो, त्यसैमाथि विश्वकप फुटबलको अवसरमा पुनम नेपाल आउनुले पर्यटन तथा आर्थिक क्षेत्रमा केही राहत मिल्छ भनेर नै हामीले उहाँलाई नेपालमा आउन आग्रह गरेका हौं ।’

Post Comment