अमेरिकी टेलिभिजन अवार्ड मध्ये सबैभन्दा ठूलो मानिने टेलिभिजन अवार्ड इमि अवार्ड मा नेपाली निर्देशक, कलाकार एबम फिल्म मेकर जसवन्तदेव श्रेष्ठ दुइवटा अवार्डको नोमिनेशन मा परेका छन।
उनले निर्माण निर्देशन गरेको छोटो वृतचित्र कुकुर तिहार (Dog Worship Festival) लाई दुई बिधा, उत्कृष्ट निर्देशन र उत्कृष्ट न्यारेटर को बिधाको मनोनयनमा परेको छ। यसपुर्ब पनि उनी यस् अवार्डमा नोमिनसनमा परिसकेका छन ।
पहिलो ट्राभल शो इन माउन्टेन नेसनल पार्क मा उद्घोषक २०१६ र दोस्रो जोर्नी विथ जाज २०१७ मा निर्माता मा । यसरी नेपाली कला संस्कृति को बिषयमा बनेको वृतचित्रले अमेरिकी प्रतिस्पर्धामा पुग्नु नै हाम्रो सफलता हो भन्दै आफू अझै यस्तै नेपाल र नेपाली संस्कृतिमा आधारित वृतचित्र निर्माण मा काम गरिरहने हौसला थपिएको बताउदछन।
अमेरिकामा बसेर कलाकारिता गर्दै आएका जसवन्त देब श्रेष्ठ ले यश पुर्ब बनाएको मनाङ् र मुस्ताङको वृतचित्रले पनि विभिन्न महोत्सवमा अवार्ड हात पारिसकेको छ भने जसवन्तदेब श्रेष्ठ बिगत केही समय देखि नै अमेरिकाको हलिउडमा काम गर्दै बस्दै आइरहेका छन।
[youtube https://www.youtube.com/watch?v=rPpVmhHHNYQ]