महेश नेपाल, काठ्माण्डौ । बिल्कुलै नौलो तिजको गीत ‘बुढीले सत्यानासै पारी’ बजारमा आएको छ । निकै राम्रो संभावना बोकेकी कलाकार लक्ष्मी सिर्माली, अस्मिता श्रेष्ठ, नारायण नेपाली र राजकुमार काफ्लेको सुमधुर आवाजमा यश गित बजारमा आएको हो ।
ठट्यौली पारामा समाजको बिकृतिलाई गितमा प्रस्तुत गरिएको छ । राजकुमार काफले , विमल श्रेष्ठ र टिका भुजेल निकै मेहनत गरेर लेखेको यस गितमा राजु क्षेत्रीको संगीत संयोजन गीतमा रहेको छ । यस गीतको म्युजिक भिडियोमा सरापे , काजिश श्रेष्ठ, अञ्जली अधिकारी र आयुष्माको बेजोड अभिनय तथा नृत्य देख्न सकिनेछ । रेशम दलार्मीले छायांकन गरेको उक्त भिडियोलाई काजिश श्रेष्ठले निर्देशन गरेका हुन भने दिपक विष्टले सम्पादन गरेका हुन ।
हेर्नुहोस भिडियो: