नेपाल ११ इन्टरटेनमेन्ट’ को ब्यबस्थापनमा आगामी अगस्ट १९ मा अमेरिकाको टेक्सास राज्यको डालस शहरमा हुने छैठौं सस्करणको मिस नेपाल यूएसको लागि अन्तिम २१ जना सहभागीहरु छानिएका छन् ।
अदिती श्रेष्ठ, आइशा ओझा, एन्जिला पौडेल, वर्षा बराल, बिएन्का अधिकारी, बिना श्रेष्ठ, दिलाशा नेउपाने , जया त्रीपाठी, कृती ढुङेल ,लाक्पा शेर्पा, नेलिया गुरुङ् , पोसा थापा ,प्रवेशिका खत्री, प्रियंका तिमल्सिना, सपना गौतम, सपना महर्जन, श्रेया नेपाली, सुजना रुपाखेती, सुकृती ढुङेल, सुशाना पोखरेल, स्वीकृती भट्टराई अन्तिम २१ मा परेका हुन् ।
अमेरिकाको विभिन्न राज्यहरुबाट आएका ५७ आबेदनहरु मध्ये छानिएका अन्तिम २१ सहभागीहरुले आफ्नो व्यक्तित्व-विकास गर्दै कार्यक्रम मा आफ्नो प्रतिभा प्रदर्शन गर्नेछन्।
सहभागीहरुले कार्यक्रमको बन्द-सत्र भित्र व्यक्तित्व विकास, नेपाली कला, सस्कृति तथा पर्यटन विकास, महिला शशक्तिकरण र अधिकार लगाएतका बिषयमा तालिम पाउनु का साथै नेपाल र नेपाली को लागि भावी जीवनमा आफुले गर्ने कार्ययोजना पनि निर्माण गर्नेछन्।
सन् २०११ देखि अमेरिकाको न्यूयोर्क शहरबाट शुरु गरिएको मिस नेपाल यूएस कार्यक्रमका संस्थापक अमेरिकामा चर्चित युवा नेपाली इण्टरप्रेनर अमित शाहका अनुसार युवा शशक्तिकरण र नेपाल को मूल प्रबर्धन नारा को साथ आयोजना गर्न लागिएको यस कार्यक्रममा नेपाली कला, सस्कृति, भाषा र पर्यटनको प्रबर्धन गर्नु का साथै बौद्धिक सुन्दरतालाई बढावा दिइनेछ।
सहभागी हरुले नेपाली युवा/युवतीको प्रतिनिधित्व गर्दै अन्तराष्ट्रिय जगतमा नेपाल लाई चिनाउन प्रयत्नरत रहनेछन। कार्यक्रममा निर्णायकको निर्णय नै अन्तिम निर्णय हुनेछ भने निर्णायेकको अन्तिम निर्णय लाई पारदर्शिता अपनाउनको लागि लाइसेन्स प्राप्त सिपीए राखिने छ।
नेपालस्थित इप्लानेट प्रा.लि.को सहकार्यमा अमेरिकास्थित इभेन्ट प्लानेट इन्कको आयोजनामा गएको पाँच वर्षदेखि निरन्तर रुपमा आयोजना हुँदै आएको मिस नेपाल यूएस सुन्दरी प्रतियोगिताको हालसम्मका बिजेताहरुमा सन् २०११ मा न्यूयोर्क शहरमा सम्पन्न पहिलो मिस नेपाल यूएस सुन्दरी प्रतियोगिताबाट वासिङ्टन डिसीकी सुजिता बस्नेत प्रथम बिजेता बन्न सफल भएकी थिइन् ।
सन् २०१२ मा वासिंटन डिसीमा सम्पन्न दोस्रो सुन्दरी प्रतियोगिताबाट भर्जिनियाकि आस्था श्रेष्ठ बिजयी बनेकी थिइन् । सन् २०१३ मा न्यूयोर्क शहरमा सम्पन्न तेस्रो मिस नेपाल यूएस सुन्दरी प्रतियोगिताबाट न्यूयोर्ककी बर्तिका राई बिजेता बनेकी थिइन् भने सन् २०१४ मा न्यू योर्क शहरमा सम्पन्न चौंथो सुन्दरी प्रतियोगिताबाट ओहायो राज्यकी २७ बर्शिय खुश्बु मिश्र बिजयी बनेकी थिइन् ।
त्यसैगरी, सन् २०१५ मा न्यू योर्क शहरमै सम्पन्न पाँचौं सुन्दरी प्रतियोगिताबाट नर्थ क्यारोलिनाकि प्रियंका थपलिया बिजयी बनेकी थिइन् ।
आयोजक संस्था र मिस नेपाल युयस परिवार सबै सहभागी, अभिभावक, प्रायोजक, संचार माध्यम लगाएत का सबै लाई निरन्तर साथ र सहयोग को लागि आभारी छौ।
साथै आगामी दिनहरुमा पनि सदाझै निरन्तर माया, सहयोग, सुझाभ र सल्लाहले आगामी बर्ष पनि अझै बृहत कार्यक्रम आयोजना गर्न सहयोग पुग्नेछ भन्ने आशावादी छौ।
यो बर्षको प्रतियोगितालाई सभ्य र भव्य वनाउन डलास क्षेत्रवरपररहेकाविभिन्न संघ संस्थाहरुसग समेत सहकार्य गरेरअघि वढ्ने स्थानीय व्यवस्थापन गरिरहेको नेपाल ११ इन्टरटेइमेन्टका प्रतिक सुवेदीले बताए ।