अमेरिकामा रहेर पनि आफ्नो मोडलिङको चाहाना पुरा गरेकी छन् सुनिक्षा मैनालीले ।
सानैदेखि नाच्न सुनिक्षाको सपना थियो , ठूलो भएर डान्सर हुने, मोडलिङ गर्ने । आफ्नो सपना पुरा नहुदै परिवारले उनलाई अध्ययनका लागी अमेरिका पठाए ।
अमेरिका पुगेपनि उनले आफ्नो सपनालाई प्राप्तीको यात्रालाई निरन्तरता दिन प्रयास गरिन् । विभिन्न साँस्कृतिक कार्यक्रममा भाग लिने क्रममा अभिनेताद्वय दीलिप रायमाझी र राजवल्लभ कोइरालासँग भिडियो मोडलिङ गर्ने अवसर पाइन् ।
सुनिक्षाले राजेशपायल राईको चमेलीको, दिपक लिम्बुको ह्यापि बर्थ डे, मिलन अमात्यको लाखौं तस्विर, रामकृष्ण ढकालको कहाँबाट लगायतका आधा दर्जन बढी गीतमा मोडलिङ गरिसकेकी छन् । हाल उनि फिल्म क्षेत्रमा प्रवेशको तयारी छिन् ।
हालैमात्रै उनी अभिनित ‘लाखौं तस्विर’ बोलको गितको म्युजिक भिडियो सार्वजनिक भएको छ । चर्चित गायिका मिलन अमात्यको स्वरमा रहेको उक्त गितको भिडियोमा उनले दिलिप रायमाझी सैंग अनस्किृन रोमान्स गरेकी छन् ।
तस्विर :सुनिक्षा मैनालीको फेसबुकबाट