महेश नेपाल, काठ्माण्डौ । सुन्दर जिल्ला सिन्धुपाल्चोकको बलेफी गाउपालिका – १ जलबिरे, पहिरेमा जन्मिएका गायक हुन अमृत आचार्य ‘माईला गुरु’ । ०६४ सालतिर बाट स्टेज चढेर प्रस्तुती दिन थालेका मीठो आवाजका धनी आचार्यले औपचारीक रुपमा गित भने स्टेज चढेको एक दशक पछी ०७४ सालमा निकाले । उनको पहिलो गित थियो आफ्नै यथार्थ जीवन कहानी समेटिएको गित ‘पछुतो’ ।
स्टेज प्रोग्राम गरिरहने जिल्लाकै एक मित्र रोहीत कार्की र आफ्नै अन्य साथीहरुले पनि स्वर निकै राम्रो छ, केही गर्न सक्छस भनेर भनेपछाडी उनी गित निकाल्न अग्रसर भएका थिए । ‘पछुतो’, पछी ‘मेरो को छ र’, ‘जोडी परेवा’ र हालसालै दशै गित निकालेका छन । ‘दसै आउदा हुन्छ के गरौ’ परदेशी र घरदेशी को तितो यथार्थमा आधारीत गित भएको कुरा उनी बताउछन ।
मीठो आवाजका धनी गायक अमृत आचार्यको दशै तिहार विशेष लोक दोहोरी गित ‘दशै आउँदा हुन्छ के गरौँ’ डिजिटल बजारमा आएको छ । परदेशीएका लाखौ नेपालीको यथार्थ भोगाई र कथालाई आधार बनाएर तयार गरिएको गित ले दर्शक श्रोताको मन जित्न सफल भैरहेको गायक आचार्य बताउँछन ।
अमृत आचार्य र शर्मिला गुरुङको सुमधुर आवाजमा यो गित बजारमा छ । जसमा पुराना सर्जक रत्न बानियाको शब्द र गायक अमृत आचार्यको नै लय रहेको छ ।
भिडियो हेर्नुहोस: