महेश नेपाल, काठ्माण्डौ । केही दिन अघि मात्र नयाँ दशैंको गीत डिजिटल बजारमा आएको छ । गित हो युवराज चौलागाईको प्रस्तुती ‘बाँच्दीन जस्तो छ’ । परदेशीएका लाखौ नेपालीको यथार्थ भोगाई र पिडालाई आधार बनाएर तयार गरिएको गित ‘बाँच्दीन जस्तो छ’ले दर्शक श्रोताको मन जित्न सफल भैरहेको पाइएको छ ।
लोकप्रिय गायिका गितादेबी र युवराज चौलागाईको सुमधुर आवाज सजिएर बजारमा आएको यस गितमा युवराज आफैको लय तथा शब्द रहेको छ बने बिबि अनुराघीको मीठो संगित संयोजन रहेको छ । गितको म्युजिक भिडियोमा रामचन्द्र अधिकारी (गोख्ते काजी) रोशनी सापकोटा (बाटे), पवन परियार र बिन्दु खड्काको जिवन्त अभिनय देख्न सकिन्छ । भिडियोको निर्देशन उदि खड्कारामले र छायाकन हरिनारायण चौधरीले र ईडिटिङ बिबेक खड्काले गरेका हुन ।
हेर्नुहोस भिडियो: