महेश नेपाल, काठ्माण्डौ । प्रकृतिले भरिपुर्ण निकै रमणीय जिल्ला सिन्धुपाल्चोक, कलै कलाले भरिएको कलाकारहरुको उर्वर भुमी सिन्धुपाल्चोक । जुन जिल्लाले हरेक बिधामा ख्यातिप्राप्त कैयौँ ब्यक्तीत्वहरु जन्माईसकेको छ । सिन्धुपाल्चोक जिल्लाकै मेलम्ची नजिकै ज्यामिरेमा जन्मीएका हुन लोक गायक सन्तोष गिरि । बिगत केही बर्ष अगाडीदेखि परदेशी भुमिमा उनी पसिना बगाउदै छन । उनी प्रवासमा पसिना मात्र बगाउँदैनन अनलाईन रोधीघर पनी चलाउछन, दोहिरी गित रेकर्ड गर्छन । लोक गित संगितको संरक्षणमा उनले आफ्नु महत्वपुर्ण भुमिका निर्वाह गरिरहेका छन ।
बिदेशमा रहेर काम गर्न स्वदेशमा भएजस्तो सहज पक्कै पनि छैन तर उनी काम गरेर बचेको समयमा उनी रमाउने क्षेत्र भनेकै लोक तथा दोहोरी गितको क्षेत्र हो। उनले बिदेशमा नै रहेर पनि आफ्नै गाउलाई चिनाउने उदेश्यले ज्यामिरे गोल्मास्थान बोलको गित निकाले । काठ्माण्डौमा घर नहुनुको पीडा र छुवाछुतको बिरुद्द आवाज बुलन्द गर्दै ‘काठ्माण्डौमा घर छैन’ बोलको गित निकाले । त्यस्तै गरि पछिल्लो समयमा फेरि उनले दशै तिहार विशेष गित ‘बजाईदेउ मादलु’ निकालेका छन । जुन गितमा उनले नवराज घोरासैनी र गितादेबी जस्तो ख्यातीप्राप्त गायक गायिका संग आवाज मिसाएका छन। यो गित पनि श्री सिन्धु गोल्मास्थान अनलाईन रोधीघरको प्रस्तुतीको रुपमा बजारमा आएको हो ।