बडादशैंको अबसर पारेर अमेरिकाको भर्जिनियामा ‘कलिउड नाइट २०१८’ आयोजना हुने भएको छ । केसी डान्स सेन्टरले शुभकामना आदानप्रदान गर्ने उदेश्यले उक्त ‘कलिउड नाइट २०१८’ नामक विशेष सांस्कृतिक कार्यक्रम आयोजना गर्न लागेको हो ।
२७ असोज (भोली) १३ अक्टुबरमा आयोजना हुने कार्यक्रममा अभिनेता सरोज खनाल, किरणप्रताप केसी, रिमा केसी लगायतका कलाकारको प्रस्तुति समेत रहनेछ । नाटक समेत प्रस्तुत हुने कार्यक्रममा विभिन्न गायक गायिकाले सांगीतिक तड्का लगाउनेछन् ।
कार्यक्रममा नविन केसी, लुना श्रेष्ठ तथा सारङ्गा श्रेष्ठ लगायत कलाकारको कोरियोग्राफी रहने आयोजक समुहका सदस्य परसु तिमल्सिनाले जानकारी दिए