लामो समयदेखि अमेरिकामा बसोबास गदै आएकी गीतकार दुर्गा खनाल घिमिरेकोे वसन्तले कोल्टे फेर्यो सम्झनामा बाकि रह्यो बोलको तिहार विषेश गीत तथा म्युजिक भिडियो सार्वजनिक भएको छ ।
सार्वजनिक देउसी गितमा शब्द दुर्गा खनाल घिमिरेको रहेको छ । हेम लामाको संगीतमा प्रताप दास र मिलन नेवार आमात्यले स्वर दिएका छन ।
शंकर वि सी नृत्य निर्देशक रहेको भिडियोमा शंकर वि सी र जानुका कडेल, विक्की पुलामी मगरको अभिनय रहेको छ र भने बाल कलाकार दिरोन घिमिरे र दृष्टि घिमिरे छन । म्युजिक भिडियोको निर्देशन दीपक राज घिमिरे गरेका हुन् ।
अमेरिकाको न्युयोर्क मा छायाँकन गरिएको देउसी गीतको म्युजिक भिडियोमा बिदेशमा काम गर्दा नेपालीहरुले घरमा महानपर्वमा पनि उपस्थीत हुन नस्कदाको पिडालाई समेटिएको छ ।
प्रवासमा छायांकन गरिएको भिडियो भएता पनि ठेट नेपाली परिवेशलाई प्रस्तुत गरिएको छ । कलाकार भेषभुषा देखि छायांकन स्थलको सजावटले समेत नेपालको झल्को मेटाउने छ ।
भिडियोलाई फोर क्रियशनले बजारमा ल्याएको छ ।
[youtube https://www.youtube.com/watch?v=0zETGjRfBpo]