लाईभ दोहोरी गाउन माहिर अस्मिता श्रेष्ठ ‘काली’को चर्चीत गायिका बन्ने धोको

लाईभ दोहोरी गाउन माहिर अस्मिता श्रेष्ठ ‘काली’को चर्चीत गायिका बन्ने धोको
मनोरन्जन

महेश नेपाल, काठ्माण्डौ । कलाकारै कलाकारको जिल्ला भनेर चिनिन्छ सिन्धुपाल्चोक जिल्लालाई । जुन जिल्लाले ख्यातीप्राप्त धेरै कलाकारहरुको जन्म गराईसकेको छ । प्राकृतिक सुन्दरताले भरिपुर्ण सिन्धुपाल्चोक जिल्लाकै बतासे-४, साकिनेमा २०५४ सालमा जन्मीएकी हुन अस्मिता श्रेष्ठ । एसएलसी सम्मको अध्ययन गाउकै कालिका देवी माध्यमिक विद्यालयमा गरेकी उनी बिगत ३ बर्षदेखी राजधानीमा छिन।

निकै क्षमतावान श्रेष्ठ लाईभ दोहोरी गाउन निकै माहिर छिन । उनी संग हत्तपत्त जो कोहीले लाईभ दोहोरी गाउन आँट नगर्ने उनी बताउँछीन । प्रश्न भुईमा खस्न पाको छैन फ्याटकी फ्याट खरो जवाफ दिनु उनको बिषेषता हो । गायनमा सानै देखि रुचि राख्ने उनी भन्छिन- “मलाई एक प्रतिष्ठीत कलाकार बन्नु छ । “

कला र गला भएकी उनले लाईभ दोहोरी गाउदा गाउदै गित रेकर्ड गर्ने सौभाग्य समेत प्राप्त गरीन। उनले ‘पीपल छेउ बर सार’ र ‘मेरो त बुढीले सत्या नासै पारी’ उनले आवाज दिएर रेकर्ड भएका गितहरु हुन । उनी गित मात्र गाउदिनन मोडलिङ समेत गर्छीन । उनले तिनवटा गितमा मोडलिङ समेत गरिसकेकी छीन । बहु प्रतिभाकी धनी कलाकार अस्मिता श्रेष्ठलाई सुनौलो भबिष्यको लागि हाम्रो पनि शुभकामना छ ।

Post Comment