अमेरिकाको क्यालिफोर्निया प्रान्तमा इतिहासकै सबैभन्दा डरलाग्दो आगो लागेको छ ।
आगलागीमा परेर मर्नेहरुको संख्या २५ पुगेको छ । स्थानीय अधिकारीहरुका अनुसार उद्धारकर्मीहरुले शनिबार १४ ओटा शव फेला पारेका थिए ।
क्यालिफोर्नियाको मालिबु, प्याराडाइज, क्लालाबासस र थाउजेण्ड ओक्स नामक जंगलमा फैलिएको विशाल आगोका कारण लेडी गागा, किम कार्दाशियन तथा रेन विल्सनजस्ता हलिउडका नाम चलेका कलाकारहरु घर छोड्न बाध्य भएका छन् ।
हलिउडका यी नामूद कलाकारहरुबाहेका मालिबुमा बस्ने अन्य सर्वसाधारणहरुलाई त्यहाँबाट हटाएर सुरक्षित स्थानतिर पठाइएको छ ।
स्थानीय अधिकारीहरुका अनुसार यो भयानक आगलागीले सम्पूर्ण प्याराडाइज सहरलाई नै घेरिसकेको छ । क्यालिफोर्नियाका दमकल अधिकारीहरुले बताएअनुसार आगलागीले त्यहाँको ६ हजार ५ सय घर नष्ट गरिसकेको छ ।
यहाँ फैलिएको भयानक आगलागीले सहरमा ८० देखि ९० प्रतिशत नोक्सान पुर्याएको छ । सहरभरीमा अब १० देखि २० प्रतिशत घरहरुमात्र सही हालतमा रहेका छन् । वूलसी फायर नाम दिइएको दक्षिणी क्यालिफोर्नियाको आगलागीले करिब २२ वर्गमीलको क्षेत्रलाई अाेगटेकाे जनाइएको छ ।