गैर आवासीय नेपाली संघका महासचिव डा. बद्री केसीले देशबाहिर रहेका नेपालीको एकताको शक्ति देखाउन आह्वान गर्दै मिस नेपाल शृङ्खला खतिवडाका लागि भोट मागेका छन् ।
डा केसीले एनआरएनको एउटा इमेल ग्रुपमा पठाएको मेलमा दिइएको अनलाईन आधिकारक भने होइन । केसीले मिस वर्ल्डको आधिकारिक वेबसाइटमा नभई एउटा इन्डोनेसियाली हावा वेबसाइटमा अनलाइन भोटिङ गर्न उनले निर्देशन दिएको देखियो।
केही वर्ष अघि अस्कर अवार्ड जिताउनका लागि भनेर पनि अनलाइन भोटिङ आह्वान गरिएको बेबसाइट पनि गलत पाइएको थियो । स्मरण रहोस् उक्त समय नेपाली फिल्म झोलाले ओस्कारमा प्रतिस्पर्धा गरेको थियो ।
हेर्नुस् इमेल जस्ताको तस्तै
missworldvote.com मिस वर्ल्ड प्रतियोगिताको आधिकारिक वेबसाइट हैन। उनले इमेलमा लेट्स मेक शृङ्खला मिस वर्ल्ड २०१८ लेखेका छन्। अनलाइन भोटिङले मिस वर्ल्ड बन्ने होइन।
त्यसो भए भोट कसरी दिने त?
मिस वर्ल्डको आधिकारिक वेबसाइट missworld.tv हो। वेबसाइटबाट आफ्नो सोसल मिडियाबाट लग इन गरी भोट गर्न सकिन्छ। त्यसैगरी mobstar app डाउनलोड गरी त्यसमार्फत् पनि भोट गर्न सकिन्छ।
शृङ्खला आफैले पनि भोट गर्ने तरिका यसरी प्रष्ट राखेकी छिन्