न्युयोर्कमा स्रष्टा सम्झना तथा सम्मान साँझ सम्पन्न

न्युयोर्कमा स्रष्टा सम्झना तथा सम्मान साँझ सम्पन्न
मनोरन्जन

 नेपाली अमेरिकन कलाकार संघले डिसेम्बर ८ मा पहिलोपटक नेपालका महान श्रष्टा तथा सर्जकहरूको सम्मानका लागि विशेष सांगितिक कार्यक्रम भब्य रुपमा आयोजना गरेको छ ।

अमेरीकामै पहिलो पटक न्यूयोर्क स्थित शेर्पा किदुगको हलमा विशेष सांगीतिक सांझ कार्यक्रमको आयोजना गरिएको छ । साँगितिक कार्यक्रमा नेपाली स्थानीय कलाकारहरुले पुराना कलाकारहरूको सम्झनामा उनीहरूकै गीत गाएर कार्यक्रम भब्य र सभ्य बनाएका छन् ।

गीत संगीत प्रेमी जो कोही नेपालीहरूको मन मुटुमा बस्न सफल उनै हाम्रा पुराना महान श्रष्टा तथा सर्जकको सिर्जनाले आज पनि नेपाली गीत संगीत बजार धनी छ ।

‘त्यस्ता स्रटाहरूको गीतहरूलाई प्रवासी भूमिमा पनि यसरी नेपाली समुदायमा आजका कलाकारले गाउने र उहाँहरूको सम्मानमा कार्यक्रम गर्नाले हाम्रा पुर्खाको देनलाई ठूलो सम्मान गर्न सकेको छ’, अमेरिकन कलाकार संघका अध्यक्ष सुमन बुढामगरले बताए ।

यसपालीको पहिलो भागमा निम्न श्रष्टाका अजम्बरी गीत प्रस्तुत गरिएका छन् । अन्य सम्पूर्ण श्रष्टाहरूको सम्झना र सम्मानको क्रम आगामी दिनमा निरन्तर गर्ने कलाकार संघले जनाएको छ ।

सेतुराम, मेलवादेवी, मित्रसेन, शिवशंकर ,धर्मराज थापा, अम्बर गुरुड, नातिकाजी, फत्तेमान, नारायण गोपाल, पन्नाकाजी, गोपाल योन्जन, तारादेवी, झलकमान, अरुणा लामा, कल्याण शेरचन, अरुण थापा, राम थापा, लोक बहादुर क्षेत्री, प्रवीण गुरुड आदि कालजयी श्रष्टाहरूको सम्झना तथा सम्मान् बरिष्ठ संगीतकर्मीहरूको प्रत्यक्ष बाद्यबादनमा उनै कालजयी गीतहरूको प्रत्यक्ष गायन गायक गायिकाहरू सपना श्री, जगदीश समाल, विमल डाँगी, रोशन गुरुङ, भगवान भण्डारी, तिलक बम मल्ल, सुमन बुढामगर, लक्ष्मण पौडेल, सरिता डाँगी, राजु ढुङ्गेल, रेश्मा सुनार, निसा सुनार, अभय ढुङ्गेल, तुलसीराम न्यौपाने, लगायतका कलाकारहरूबाट प्रस्तुत गरिएको छ ।

नेपाली अमेरीकन कलाकार संघका महासचिव गायक विमल डाँगीले भनेका छन्, ‘नेपाली संगीतको इतिहास उहाँहरूबाट शुरुवात भयो र त वर्तमानमा हामी नेपाली संगीतमा रमाईरहेका छौं, उहाँहरूलाई स्मरण गर्नु अनि ऊनै सृजनालाई संगीतपारखीमाझ पुर्याउनु हाम्रो जिम्मेवारी पनि हो । उहाँहरू जस्तै अग्रजले बनाएको बाटो पछ्याईरहेका हामीले हाम्रा अग्रजलाई सम्झना गर्न सके भावी पुस्ताले पनि सोहि गर्नेछन् ।’

कार्यक्रमको समापनमा कलाकार संघले यस्तो एैतिहासिक कार्यक्रम सफल पार्न सहयोग गरेका सम्पूर्ण कलाकार र कला प्रेमीमा बिशेष धन्यबाद दिएको छ । साथै कलाकार संघले हरेक वर्ष प्रदान गर्दै आएको लाईफ टाईम अच्युभमेन्ट पुरस्कार यो वर्ष शिशिर श्रेष्ठ र गोमा योन्जनलाई प्रदान गरेको छ ।

Post Comment