चर्चित रियालीटी शो नेपाल आइडल सिजन–२ को विजेता कञ्चनपुरका रवी ओड बनेका छन् ।
फाइनलमा पुगेका अन्य तीन प्रतिस्पर्धीलाई पछि पार्दै ओड नेपाल आइडल सिजन–२ को विजेता बन्न सफल भएका हुन् । यद्यपी उनले कति भोट पाए त्यो भने गोप्य राखिएको छ । गत सिजनमा फिनालेमा पुगेका प्रतिस्पर्धीले पाएको भोटको विवरण सार्वजनिक गरिएको थियो ।