अभिनेत्री एन्जेलिनाको अमेरिकी राष्ट्रपति बन्ने सपना

अभिनेत्री एन्जेलिनाको अमेरिकी राष्ट्रपति बन्ने सपना
मनोरन्जन

हलिउडकी चर्चित अभिनेत्री एन्जेलिना जोलीले सक्रिय राजनीतिमा आउने इच्छा भएको बताएकी छन् । बीबीसी टुडे कार्यक्रममा शुक्रबार उनले आफूलाई राजनीति गर्ने इच्छा भएको बताएकी हुन् ।

जोली यतिबेला संयुक्त राष्ट्रसंघको शरणार्थी विभागकी विशेष दूत हुन् । बीबीसी रेडियोको कार्यक्रममा उनले अमेरिकी राजनीति, सामाजिक संजाल, यौन हिंसा तथा विश्वमा शरणार्थीको संकटबारे आफ्नो धारणा राखेकि थिइन् ।

राजनीतिमा आउने संभावना बारे सोधिएको प्रश्नमा जोलीले भनिन्, ‘मलाई सरकारसँग मिलेर काम गर्न मन छ । मलाई सैनिकहरुसँग बसेर समेत काम गर्न मन छ ।’ उलने आफुलाई अमेरिकी राष्ट्रपति भएर काम गर्न मन भएको समेत बताइन् ।

Post Comment