युएस नेपाल न्युज, काठ्माण्डौ । काभ्रे जिल्लाको कोशिपारी, भुम्लु गाउँपालिका – ७ मा स्थाई घर भई हाल काठमाण्डौको कालिमाटीमा बस्दै आएका राज तामाङ मोडलिङलाई आफ्नु भबिष्य सोचेर अगाडि बढीरहेका छन । उनी निकै मेहनती भएको उनका सहकर्मीहरु समेत बताउँछन । छोटो समयमा धेरै गितहरुमा मोडलिङ गरिसकेका राज तामाङले यस बर्षको एपीक नेपाल म्युजिक अवार्डमा उकृष्ट नव मोडेल बिधाबाट अवार्ड चुमेका छन । उनले अवार्ड हात पारेको गित हो ‘मर्ने निधो’ । उनले आफैले कोरीयोग्राफी र नृत्य गरेको पछिल्लो गित ‘कुटु कुटु कान्छू’ यतीबेला चर्चामा छ । उनको मोडलिङको भबिस्य अझै उज्ज्वल बनोस हाम्रो शुभकामना छ ।