महेश नेपाल, काठमाडौँ । श्री स्वस्थानी ब्रतकथामा बर्णीत साली नदी र सालीनदी मेलाको अवसर पारेर यसै संग सम्बन्धीत बिल्कुलै नयाँ गित ‘साँखु खोला स्वस्थानी मेला’ डिजिटल बजारमा भित्रीएको छ । सालीनदीमा नुहाउन जादा जम्काभेट भएका नव जोडीको प्रेम सम्बाद गितमा देख्न सकिन्छ।
सबिन राज सेञ्चुरी र रमेश राज बराईलिको शब्द र रमेशराज बराईलिको लयमा तयार भएको गितमा रमेशराज बराइली, सुदीप राज सेञ्चुरी, सरस्वति अर्याल र जेनिशा तामाङ्गको आवाज सुन्न सकिन्छ ।
खमेश श्रेष्ठले निर्देशन गरेको गितको म्युजिक भिडियोमा दिपक खड्का र आशा खड्काको जिवन्त अभिनय देख्न सकिन्छ । भिडियोको छायाँकन भने सागर गौतम र सम्पादन नवीन घर्तीले गरेका हुन ।
भिडियो:
https://youtu.be/yrzE5Qwa3mA